Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

  • ८ श्रावण २०८३, शुक्रबार २१:४८

पर्वत , ८ साउन । पर्वतको कुश्मा नगरपालिकाको अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते भएका छन् ।

मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने अर्मादीमा बालेरो जिप र मोटरसाइकल एकआपसमा ठोकिदा दुईजना घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठक्कर खाँदा बाइकमा सवार म्याग्दीका दुई जना घाइते भएका छन् ।

कुश्मा नगरपालिका –१ अर्मादीमा कुश्माबाट बागलुङ जाँदै गरेको ध १ ज ११२६ नम्वरको बोलेरो गाडी र विपरित दिशाबाट आउँदै गरेको ग १४ प ७१६२ नम्वरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए ।

दुई सवारी ठक्कर खाँदा मोटरसाइकल चालक वर्ष २६ का म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका २ का वाइक चालक मिलन गोतामेको दायाँ घुडामा र मुखमा चोट लागेको छ भने बाइक पछाडि सवार सोही ठेगाना भएकी २० बर्षिया निरुता गोतामेलाई दायाँ खुट्टामा चोट लागेको छ । अस्तपातका अनुसार दुवै घाइतेको स्वास्थ्य अवस्था मध्यम छ ।

जिल्‌ला प्रहरी कार्यालयका प्रमुख विजय यादवका अनुसार घटनास्थलमा उद्धार टोली परिचालन गरी घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल पर्वत कुश्मा पुराइएको छ । बाग्लुङ जिल्‌ला बरेङ गाउँपालिका –५ घर भएका बोलेरो चालक लोकेन्द्र खत्रीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्‌ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki