Skip to content

follow us

baglungkhabar.tv

24th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

bk logo final png
  • बागलुङखबर
  • ६ श्रावण २०८३, बुधबार १२:४१

बागलुङ , ६ साउन । प्रतिनिधिसभा सदस्य रेणुका काउचा मगरले संस्कार संस्कृती सरक्षणमा गर्नमा जोड दिनुपर्नेमा बताएकी छन् ।

उनले आदिवासी जनजाति समुदायले जहाँ रहे पनि आफ्नो मौलिक पहिचान, भाषा, संस्कृति, संस्कारलाई संरक्षण गर्दै आएको बताएकी छन् ।

नेपाल मगर विद्यार्थी संघ बागलुङले मंगलबार बागलुङ आयोजना गरेको २७औँ अरुण स्मृति साँझ एवं मौलिक सांस्कृतिक कार्यक्रममा बोल्दै  काउचाले नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्न अभिभावक, अग्रज र समुदायबीच अन्तरपुस्तीय संवाद आवश्यक रहेको बताइन् । “हाम्रा बुबाआमा र अग्रजसँग बसेर उनीहरूको अनुभव सुन्ने, परम्परा सिक्ने र त्यसलाई व्यवहारमा उतार्ने काम गर्न सके मात्र हाम्रो मौलिकता जोगिन्छ,“ उनले भनिन ।

उनले मगर समुदायको भाषा, भेषभूषा, मौलिक नृत्य, सोरठी, मारुनी, झ्याउरे, पञ्चेबाजा, रीतिरिवाज, चाडपर्व तथा परम्परागत जीवनशैली समुदायको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षणमा युवा पुस्ताको सक्रिय भूमिका अपरिहार्य रहेको बताइन । विद्यालय र कलेज तहदेखि नै मातृभाषा, इतिहास र संस्कृतिप्रति सकारात्मक सोच विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।
सांसद काउचाले आदिवासी जनजातिका हक, अधिकार, भाषा र संस्कृतिसँग सम्बन्धित विषयलाई संघीय संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरिन् । विकास र आधुनिकतासँगै मौलिक पहिचान हराउन नदिने दायित्व सबै समुदायको भएको उनको भनाइ थियो ।

उनले स्वर्गीय गायक अरुण थापाका गीत नेपाली संगीतका कालजयी सिर्जना भएको उल्लेख गर्दै उनका गीतले नेपाली समाजको भावना, प्रेम, पीडा र जीवन दर्शनलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताइन ्। अरुण स्मृति दिवस मनाइरहँदा कला, साहित्य र संस्कृतिको संरक्षणप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । “हामीले आफ्ना जातीय मुद्दासँगै भाषा, कला, संस्कार र संस्कृतिको पनि संरक्षण गर्नुपर्छ । संस्कृति जोगियो भने मात्र हाम्रो पहिचान र इतिहास पनि जीवित रहन्छ, काउचाको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं नेकपाको मुख्य सचेतक कुशम बुढा मगर समुदायको मौलिक पहिचान संरक्षणका लागि युवा पुस्तालाई भाषा, संस्कार, परम्परा र सांस्कृतिक अभ्याससँग जोड्ने अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेकी थिइन ।  उनले आधुनिकतासँगै आफ्नो मौलिकता पनि जोगाउँदै लैजान सके मात्रै भावी पुस्ताले आफ्नै इतिहास र पहिचानलाई गर्वका साथ आत्मसात् गर्न सक्ने बताएकी थिइन ।

कार्यक्रममा बागलुङका विभिन्न मौलिक संस्कृतिहरु प्रस्तुत गरिएको थियो  भने स्वर्गिय गायक अरुण थापाले गाएका गितहरुलाई विभिन्न कलाकारहरुले प्रस्तुत गरेका थिए ।
कार्यक्रम नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष कृष्ण अठारे मगरको अध्यक्षता, विशाल थापाको स्वागत र सचिव प्रदिप थापा मगरको संचालनम सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki