बागलुङ २२ चैत्र । भित्तेपत्रिका लेखन प्रतियोगितामा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय प्रथम भएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा सम्पन्न मिडिया मेलामाभित्तेपत्रिका लेखन प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा आदर्श विद्यामन्दिर माध्यामिक विद्यालय प्रथम, विद्यामन्दिर माध्यमिक विद्यालय द्वितीय र न्यू एभरेष्ट एकेडमी तृत्तीय भएको भित्तेपत्रिका लेखन प्रतियोगिताका संयोजक तथा नेपाल पत्रकार महासङ्घ बागलुङका उपाध्यक्ष सिजना पन्तले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई सात हजार, द्वितीय हुनेलाई पाँच हजार र तृतीय हुनेलाई तीन हजार प्रदान गरिएको पन्तले जानकारी दिनुभयो ।
प्रतियोगितामा १४ वटा विद्यालय सहभागी भएको पन्तले बताउँनुभयो ।







