Skip to content

follow us

baglungkhabar.tv

29th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चौथो जेसीज कप फुटबल प्रतियोगितामा १४ टिम सहभागी

  • सुजन रेग्मी
  • २२ चैत्र २०८२, आईतवार १२:४७

बागलुङ, २२ चैत । बागलुङ जेसीजको आयोजनामा चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ ।

गण्डकी प्रदेशस्तरमा खुला प्रतियोगिताका रूपमा जेसिज कप आयोजना गर्न लागिएको बागलुङ जेसीज वर्ष २०२६ का अध्यक्ष अन्जिला श्रेष्ठले जानकारी दिनुभयो । उहाँले जेसीजले हरेक वर्ष जिल्लाका खेलाडीलाइृ प्रोत्साहन गर्दै नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउन प्रतियोगिता संचालन गर्दै आएको बताउनुभयो ।

प्रतियोगिता चैत २३ देखि २८ गतेसम्म बागलुङ नगरपालिका वडा नं. १ मा रहेको बाङ्गेचौर खेलमैदानमा संचालन हुने प्रतियोगिताका संयोजक शुभम राजभण्डारीले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा १४ टिमको सहभागीता रहेको बताउनुभयो ।

प्रतियोगिताको विजेताले २ लाख र उपविजेतो १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने सेमिफाइनल पुग्ने टिमले १२ हजार रुपियाँ प्राप्त गर्ने संयोजक राजभण्डारीले बताउनुभयो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहित उत्कृष्ट खेलाडीहरुले विधागत पुरस्कार प्राप्त गर्ने जेसीज बागलुङले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि १० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले प्रतियोगिता संचालनको लागि विभिन्न संघ, संस्था, व्यवसायी तथा जेसीजका पूर्वसदस्य र देशविदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेको बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki