Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चिल्ड्रेल लाईफले सर्वाधिक राशीको हाजिरजवाफ प्रतियोगिता आयोजना गर्ने

bk logo final png
  • बागलुङखबर
  • १७ चैत्र २०८०, शनिबार ०७:४१

सुजन रेग्मी

बागलुङ, १७ चैत । चिल्ड्रेल लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङले कक्षा १२ को परीक्षालाई मध्यनजर गरेर सर्वाधिक राशीको हाजिरजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता चैत १७ गते विद्यालय प्राङ्गणमा सञ्चालन हुने छ ।

साविकको धौलागिरी अञ्चलका माध्यामिक विद्यालय स्तरीय प्रतियोगिता हुन लागेको हो ।

यो तेस्रो संकरणको प्रतियोगिता हो । माध्यमिक तह कक्षा १२ को परीक्षामा समावेश हुनसक्ने सम्भावित प्रश्नहरुमा आधारित प्रतियोगिता गर्न लागिएको विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले बताउनुभयो ।

कक्षा १२ को व्यवस्थापन संकाय र बिज्ञान संकायका विद्यार्थीको बीचमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छन् । विज्ञान संकायतर्फ दश समुह र व्यवस्थापन संकायतर्फ १६ समुह प्रतियागितामा सहभागि हुने श्रेष्ठले जानकारी दिनुभयो। प्रतियोगितामा छिमेकी जिल्लाहरु म्याग्दी र पर्वतबाट पनि विद्यालयहरु सहभागि हुने छन् । चार चरणमा प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १८ हजार र तेस्रो हुनेले १२ हजार रुपैयाँ नगदसहित पुरस्कार पाउने छन् । बिज्ञान र व्यवस्थापन दुवै संकायका पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा कक्षा १२ को पाठ्यक्रममा आधारित प्रश्नहरु सोधिने भएकाले परीक्षामा विद्यार्थीलाई यसले सहयोग गर्ने उहाँँको बुझाई छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki