Skip to content

follow us

baglungkhabar.tv

6th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मालढुङ्गाको पुलमा अस्थाई सडक बनाइने

  • सुजन रेग्मी
  • १२ आश्विन २०८३, सोमबार २०:५९

बागलुङ, १२ असोज, बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा अस्थाई सडक बनाइने भएको छ ।

शनिबारदेखि अविरल वर्षापछि आएको बाढीले बागलुङ र पर्वत जोड्ने पक्की पुलमा क्षति पुर्‍याएको हो ।कालीगण्डकी नदीमा आएको बाढीका कारण बागलुङ र पर्वत जोड्ने मोटरेबल पुलमा क्षति हुँदा बागलुङ भित्रने तथा बागलुङबाट छुट्ने सवारीसाधन ठप्प भएका छन् । पुलको बाहिरी खण्ड हुँदै नदीले कटान गरेपछि दुई जिल्लाबीचको आवतजावत ठप्प भएको हो ।

सवारीसाधनहरु यही पुल हुँदै बागलुङ जिल्लासहित पश्चिम रुकुम र जाजरकोटसम्म गुड्ने गर्दछन् ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि सडक डिभिजन पोखराका सीडीई कृष्णराज अधिकारीको टोली र सडक डिभिजन बागलुङका प्रमुख ईन्जिनियर हरिप्रसाद सुवेदीले संयुक्त रुपमा स्थलगत अवलोकन गर्नुभएकको हो। पुलको संरचनामा बाढीले क्षति नपुर्‍याए पनि पुलसँगै जोडिएको वाल फिलिङ कटान भएकोले समस्या भएको टोलीको निष्कर्ष रहेको छ ।

पुलको स्टक्चर भागमा केही क्षति नभएपछि पुलसगँको वाल फिलिङ कटान भएको सडक डिभिजन बागलुङका प्रमुख ईन्जिनियर हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । उक्त पुलमा बैकल्पिक रुपमा बेलिबृज अथवा ग्याबिन भोरेर काम गर्ने सुवेदीे बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

तेश्रो आदर्श कप सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा यात्रु सहायता कक्ष स्थापना

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

बाढिपहिरो पिडितका लागि एनआरएनएले सहयोग

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki