Skip to content

follow us

baglungkhabar.tv

26th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

bk logo final png
  • बागलुङखबर
  • २४ जेष्ठ २०८३, आईतवार १९:०२

बागलुङ, २४ जेठ । ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा विभिन्न विषयका ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकिएको छ ।

धवलागिरि बहुमुखी क्याम्पस–अनुसन्धान व्यवस्थापन समिति, बागलुङद्वारा आयोजनामा शुक्रबार र शनिबार सञ्चालित सङ्गोष्ठीमा शिक्षा र शासन, मानवशास्त्र र संस्कृति, वातावरण र जलवायु, साहित्य र मानविकी, विज्ञान, कृषि, आदिवासी अध्ययनलगायत विषयमा गरिएका अध्ययन तथा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुत गरिएको हा ।

विश्वविद्यालय अनुदान आयोगको अनुदान सहयोगमा सम्पन्न सङ्गोष्ठीमा प्रमुख वक्ताका रुपमा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा खड्क केसी र गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले ‘कि नोट स्पिच’ दिनुभएको थियो ।

सङ्गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालय मातहतका प्राध्यापक, अनुसन्धानकर्मी, कर्मचारी, शिक्षक, शोधार्थीलगायतको सहभागिता रहेको थियो ।

उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रवर्तनलाई अबलम्वन गर्न सम्बद्ध पक्षलाई प्रोत्साहित गर्ने उद्देश्यले सङ्गोष्ठीको आयोजना गरिएको क्याम्पस प्रमुख डा सुदर्शन सिलवालले बताउनुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राडा दिनबहादुर थापाले क्याम्पसमा प्राज्ञिक वातावरण निर्माण गर्ने उद्देश्यले सङ्गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।

कार्यपत्र प्रस्तुतिसँगै उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनको भूमिकाका विषयमा दुई दिनसम्म गहन रुपले छलफल भएको उहाँको भनाइ छ । सङ्गोष्ठीमा प्रस्तुत गरिएका अनुसन्धानपत्रले निदृष्ट गरेका ज्ञान र निष्कर्षलाई मुलुकको समग्र शिक्षा प्रणालीसँग संस्थागत गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

लोकप्रिय

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

भर्खरै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki