Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

युवाको रगतले लतपतिएको हात लिएर कतिदिन कुर्सीमा

bk logo final png
  • baglungkhabar
  • २४ भाद्र २०८२, मंगलवार ०८:३८

देशका विभिन्न सहरमा राज्यले जे ताण्डव मच्चायो र जुन तहको मानवीय क्षति भयो, त्यो अब भयानक कालो दिनका रूपमा नेपालको इतिहास भएको छ । राज्य कतिसम्म क्रूर, कतिसम्म विवेकहीन, कतिसम्म अमानवीय र कतिसम्म निकृष्ट हुन सक्छ, प्रधानमन्त्री केपी ओली र सत्तारूढ गठबन्धनका सहचालक शेरबहादुर देउवा नयाँ मानक रच्न सफल भएका छन् ।

जीवन अनुपम र अमूल्य छ । तर, यति ठूलो क्षति नेपालको कुनै पनि आन्दोलनमा भएको थिएन । चार जना युवाको सहादतमा एक सय चार वर्षको राणा शासन ढलेको हो । ३० वर्षे पञ्चायती कालरात्रिको अन्त गर्न २०४६ सालको परिवर्तनका लागि करिब दुई महिना आन्दोलन चल्दा १९ जना सहिद भएका थिए । त्यस्तै २४० वर्षको शाहवंशीय राजतन्त्रलाई २०६२ र ६३ मा बिदा गर्दा पनि २३ जनाले सहादत प्राप्त गरेका थिए । तर, २०८२ भदौ २३ मा एकै दिन कम्तीमा १९ जना युवाको बलिदानी भएको छ । जनताले आफ्ना प्रतिनिधिका रूपमा निर्वाचित गरेका ओली, देउवा, लेखक र गुरुङको अहंकार यति महँगो छ जसका लागि इतिहासमा सबैभन्दा धेरै युवाले बलिदानी दिनुपर्ने ? यो त अति भयो । अब तपाईँहरुलाई इतिहासले धिक्कार भनिसकेको छ ।

जेन–जीले भ्रष्टाचार र कुशासनमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए ? जेन–जीले शासक र बिचौलियाको अपवित्र र अनुचित सम्बन्धमाथि प्रश्न उठाए । के गलत प्रश्न उठाए ? जेन–जीले नेताका परिवारको शाही ठाँट र जनताका छोराछोरीको दयनीय जीवनस्तरमाथि प्रश्न उठाए । के अनुचित प्रश्न उठाए ? सिंगो देशले स्वीकार गरिसकेका यी प्रश्नको जवाफ सरकारले केले दियो ? गोलीले ।

तपाईंहरूलाई सामन्ती बन्न त्यो ठाउँमा पठाएको हैन । त्यहाँ बसेर अब शासन गर्ने कुनै नैतिक अधिकार छैन । अबोधहरूको रगतले पोतिएको तपाईंहरूको अनुहार अब इतिहासका लागि शिक्षा होइन, कलंक हो । आफूलाई जनताको अदालतमा समर्पण गर्नुहोस् र नागरिक सरकारको बाटो खोल्नोस् । यो देशले ८४ साल कुर्न सक्दैन, अब जनताले कुर्न पनि हुँदैन । यो देश अब नरसंहारको अखडा बन्न सक्दैन् । अरू थप छोराछोरीको बलिका लागि कोहीपनि तयार छैनन् ।

अहिलसम्म १९ जना युवाको मृत्यु भएको पुष्टि भएको छ भने चार सयभन्दा बढी युवा विभिन्न अस्पतालमा छटपटाइरहेका छन् । आफन्तहरु छोराछोरी खोज्न विभिन्न अस्पतालमा धाइरहेका छन् । आखिर यस्तो चित्कार कहिलेसम्म सरकार ? युवालाई यो देशमा बाँच्न पाउने अधिकार छैन् र ? के युवा विदेश नै पलायन हुने हो र ?

जेनजीले राखेका मागको उचित सम्बोधन गर्नुस् । यो देश तपाईंहरूले बिर्तामा पाएको मात्र होइन, सबैको हो । यो शासन होइन, अपराध हो र अपराधीहरू अब सिंहासनमा बस्न हुँदैन, बस्न सक्दैनन्न् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki