Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लघुकथा : वंश

bk logo final png
  • बागलुङखबर
  • २१ जेष्ठ २०८१, सोमबार ०६:४२
लक्ष्मण अर्याल
“एउटा वंश धान्ने नाति पाइदेऊ बुहारी अरू मलाई केही चाहिन्न ।” – सासूले भनिन् ।
बुहारीले भनी – “दुई दुई वटा तामाका मुनाजस्ता छोरी छन् आमा यिनीहरूमै नातिको मुहार देख्नुस् अब ।”
सासूले जिद्दी गरिन् – “त्यसो भनेर हुन्न । यिनीहरूलाई बिहेदान गरेर दिएपछि रित्तो भइन्छ । रित्तिएर त बाँच्न सकिन्न बाबै ।”
बुहारीले सासूलाई आस्वस्त पार्न भनी – “कहाँ रित्तो भइन्छ र ? यी दुई छोरी दिँदा ज्वाइँ पनि आउँछन् । आखिर ज्वाइँ भनेका पनि छोरा नै हुन् ।”
सासूले वंशवृक्षका कुरा गरिन् । वरत्रपरत्रका कुरा देखाइन् । जीवनका उकाली, ओराली अनि नागबेली बाटाहरूका चुनौती सम्झाइन् । ढिट बनिन् र बुहारीसँग आशा राखिन् ।
बुहारीले भनी – “आमा, हजुर कोइरालाकी छोरी, कोइरालाकै वंशवृक्षको पुस्तकमा किन अटाउनु भएन ? वंशवृक्ष रगतको नाताबाट तय हुने हो भने त्यहाँ त अटाउनुपर्ने ! त्यहाँ अधिकार थिएन हजुरको ?”
यसपटक सासू बोलिनन् ।
बुहारीले फेरि थपी – खनालकी बुहारी हजुरलाई के खनालहरूले कतै जोडेका छन् वंशावलीमा ? यदि वंशावली सम्बन्धका आधारमा तय हुनुपर्ने हो भने त्यो त हजुरको हक थियो । दुबैतिरको वंशावलीमा हजुरको उपस्थिति किन बनेन ?”
सासूको मौनता अझ प्रगाढ बन्यो ।
अन्तमा बुहारीले आफ्ना तर्फबाट निष्कर्षको हथौडा मारी – “आमा, यसपल्ट कतैको वंश नामको चिर्कटामा नअटाउने छोरीको पक्षमा मतदान गर्नुस् ।”
Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki