Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विश्वाससँग जोडिएको पर्व छठ

bk logo final png
  • BAGLUNGKHABAR
  • १ मंसिर २०८०, शुक्रबार १७:४२

महेन्द्रनगर (धनुषा),  १ मङ्सिर । छठ पर्वको छुट्टै पौराणिक महत्त्व रहेको छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा भोगेन्द्र झाले बताउनुभयो ।

छठप्रतिको अटुट आस्थाका कारण जीवनको प्रारम्भदेखि नै सूर्य पूजालाई अनिवार्य मानिएको वरिष्ठ साहित्यकार रामभरोस कापडी भ्रमरले बताउनुभयो । उहाँका अनुसार सूर्य पूजा जनमानसको विश्वाससँग जोडिएको पर्व हो । छठप्रतिको आस्थाका कारण मिथिलाञ्चलबाहेकका क्षेत्रमा पनि यो पर्व मनाउन थालिएको उहाँको भनाइ थियो ।

जानकार रेवतीरमण लालका अनुसार प्राचीनकालमा भगवान् रामले रावणलाई बध गरेर लङ्कामाथि विजय गरेपछि रामराज्यको स्थापनाका दिन कात्तिक शुक्ल षष्ठी तिथिमा भगवान् राम र माता सीताले उपवास गरी सूर्यदेवको आराधना गरेको मान्यता रहेको छ । दुवैले सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशीर्वाद प्राप्त गर्नुभएको जनविश्वास रहेको उहाँले बताउनुभयो । “यसरी छठ पर्वको आरम्भ भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठुलो स्रोतका रूपमा मानिने भएकाले पनि हिन्दु शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताका रूपमा मानिएको छ”, लालले भन्नुभयो ।

“छठ पर्व महाभारतकालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुआत सूर्य पुत्र कर्णले गर्नुभएको थियो । कर्ण भगवान् सूर्यको परम भक्त थिए”, छठका जानकार विशेष लालले भन्नुभयो । कर्णले हरेक बिहान जलमा उभी सूर्यलाई अर्घ्य दिने गर्दथे । सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भएको धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो । “महाभारतमा सूर्य पूजाको अर्को वर्णन पनि पाइन्छ । पाण्डव पत्नी द्रौपदी आफ्नो परिवारको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गर्थिन्”, लालले भन्नुभयो, “सोही कार्य पछि छठ पर्वका रूपमा मनाउन थालिएको हो ।”

छठको वैज्ञानिक महत्त्व

छठ पर्वको पौराणिक, सांस्कृतिक महत्त्वमात्र नभई यसको वैज्ञानिक महत्त्व पनि रहेको जानकार विजय दत्तले बताउनुभयो । “षष्ठी तिथि एक विशेष खगोलीय अवसरका रूपमा रहेको छ । जुन समयमा पृथ्वीको दक्षिणी गोलार्द्धमा सूर्य रहन्छ र दक्षिणायनक सूर्यको अल्ट्राभ्वाइलेट किरण पृथ्वीमा सामान्यभन्दा बढी मात्रामा एकत्रित हुन्छ । यो समयमा सूर्य आफ्नो तलको राशि तुलामा अवस्थित हुन्छ । यसकारण दूषित प्रकाशको सीधा प्रभाव जीवहरूको आँखा, पेट र छाला आदिमा पर्ने गर्दछ । सूर्यको प्रकाशलाई पराबैजनी प्रकाशबाट जीवहरूको हानिनोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्य पूजाको गरिन्छ”, उहाँले भन्नुभयो ।

छठको सन्देश

छठ पर्व पूर्ण रूपले स्थानीय स्तरमा उत्पादन हुने सामग्रीमा निर्भर रहेको छ । यसमा स्थानीय उत्पादन, सीप र संस्कारको सम्मिश्रण पाइन्छ । स्थानीय समुदायद्वारा हस्तनिर्मित बाँसको नाङ्लो, कनसुप्ती, माटोद्वारा निर्मित सामग्रीहरू, ढकना, सरबा, दियो, हाथीलगायत सामग्रीहरूको प्रयोग गर्नु यस पर्वको विशेषता हो ।

“यस पर्वमा उदाउँदो र अस्ताउँदै गरेको सूर्यलाई एउटै आस्था र निष्ठाका साथ पुजिन्छ । हरेक वर्ग, जात, समुदायका मानिस एउटै घाटमा एकसाथ यो पर्व मनाउने गर्दछन् । यसबाट सृष्टि सबैका लागि समान हो । यहाँ कोही ठुलो सानो, धनी गरिब छैनन् । वातावरणीय हिसाबले पनि छठ सबैका लागि समान हो । सूर्यको प्रकाशले सबैलाई न्यानोपन प्रदान गर्दछ भन्ने सन्देश दिन्छ”, जानकार विजय मणिले भन्नुभयो ।

समुदायलाई जोड्ने काम गर्छ

छठ पर्वले विभिन्न समुदायका व्यक्तिहरूलाई जोड्ने काम गर्ने जानकारहरू बताउँछ । कुनै समय तराई मधेशका हिन्दु धर्मावलम्बीले मनाउने यो पर्व पछिल्लो समय हरेका क्षेत्र र समुदायले उल्लासपूर्वक मनाउन थालेका छन् । अहिले तराईसहित पहाड र हिमाली क्षेत्रमा पनि छठलाई श्रद्धापूर्वक मनाइने गरिन्छ ।

त्यस्तै, अहिले यो पर्वप्रति मुस्लिम समुदायका व्यक्तिहरू पनि आकर्षित भएका छन् । यस पर्वको कारणले विभिन्न समुदाय, जात, धर्मका व्यक्तिहरूबिच सद्भाव बढेको छ ।

समयसँगै आधुनिकता

छठ पर्वमा यसअघि पूर्ण रूपले स्थानीयस्तरबाट उत्पादन हुने सामग्रीको प्रयोग हुँदै आएकामा अहिले यसमा पनि आधुनिकता आएको छ । पहिले पहिले हातबाट बनेका बाँसका सामग्री नाङ्लो, कन्सुप्ती, छिट्टी त्यस्तै माटोबाट बनेको हात्ती, घइँटो, ढकना लगायतको ठाउँमा पित्तलबाट बनेका सामग्रीको प्रयोग हुन थालेको छ ।

पित्तलको सामग्री प्रयोग गर्नुलाई हरेक व्यक्ति आफ्नो आफ्नो तर्क दिन्छन् । जनकपुरधाम उपमहानगरपालिका–९ प्रमेश्वरी देवी साहले करिब २५ वर्षदेखि छठ पर्व मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पहिले बाँस र माटोबाट बनेको सामग्री प्रयोग गरे पनि अहिले सहजताका लागि पित्तलबाट बनेका सामग्री प्रयोग गर्न थालेका छौँ ।”

वडा नं ७ का जानकीराम साहले भन्नुभयो, “अहिले बाँस र माटोबाट बनेका सामग्री भेट्न गाह्रो हुन थालेपछि आधुनिक प्रकारको सामग्री प्रयोग गर्न थालेका छौँ ।” पवित्रा देवीले अहिले छठ पर्वमा माटोका भाँडाका ठाउँमा पित्तलका विभिन्न सामग्रीहरू प्रयोग हुन थालेका बताउनुभयो ।

जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको रौनकताले छोएको छ । यस पर्वमा गरिब, धनीका साथै समुदायका सबै एकसाथ एक ठाउँमा मिलेर पूजा गरी यो पर्व मनाउने गर्दछन् । रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki