Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गुहेली सहकारीले शेयर सदस्यहरुका बीचमा दीर्घकालीन बचत सञ्चालन गर्ने

bk logo final png
  • BAGLUNGKHABAR
  • ४ चैत्र २०७९, शनिबार १९:५६

बागलुङ, ४ चैत । बागलुङको गुहेली युनिक सञ्चार सहकारी संस्था लिमिटेडले आगामी नयाँ वर्षदेखि शेयर सदस्यहरुका बीचमा दीर्घकालीन बचत अभियान सञ्चालन गर्ने भएको छ ।

संस्थाले शुक्रवार काठेखोला गाउँपालिका वडा नं २ भीमापोखरामा आयोजना गरेको वित्तीय साक्षरता तथा समसामयिक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष खिम बहादुर कार्कीले छिटै दीर्घकालीन बचत अभियान सञ्चालन गरिने जानकारी गराए ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका कार्यक्षेत्र भएको गुहली सहकारीमा ९ सय जना शेयर सदस्य रहेका छन् । सदस्यहरुका बीच दैनिक, साप्ताहिक र मासिक लगायतका बचत खाताहरु रहेका छन्, तर अब सहकारीमा दीर्घकालीन खालका बचतहरुको योजना आवश्यक ठानेर अभियान सञ्चालनका लागि कार्यविधि समेत तयार पारिएको कार्कीको भनाइ छ ।

वित्तीय साक्षरता कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरु ठूलो बचतमा केन्द्रित भएकाले तरलताको समस्या आएको बताए । ठूलो ठूलो बचत गर्नेहरुलाई ब्याज पनि बढी दिनुपर्ने र एकजनाले रकम फिर्ता गर्दा ठूलो रकम जाने भएकाले तरलताको निरन्तर समस्या पर्ने उनको भनाइ रहेको थियो ।

सदस्यहरुलाई खर्च घटाउने, आम्दानी बढाउन सिकाएर सहकारीहरुले दीर्घकालीन खालका बचतलाई स्थिर सम्पत्तीका रुपमा राख्ने गरी वचत अभियान सञ्चालन गर्नु पर्नेमा जिसीले जोड दिनुभयो ।

चल्ती तथा नियमित बचत सदस्यले आवश्यक पर्दा झिक्नका लागि हो, अन्य बचत खाताहरुलाई आवश्यक पर्दा प्रयोग गर्ने खालका बनाउने तर दीर्घकालीन खातालाई अति आवश्यक पर्दा मात्रै प्रयोग गर्ने खालको बनाउनु पर्नेमा उनको जोड थियो ।

जिसीले ५० वर्षे नियमित बचतको अभियानका बारेमा जानकारी गराउदै बचतका लागि खर्च घटाउने र आम्दानी बढाउनु पर्ने बताए । अन्तरक्रिया कार्यक्रमको उद्घाटन काठेखोला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष विद्यापती शर्माले गरेका थिए ।

सो अवसरमा बोल्दै उनले सहकारीहरुले स्थानीय वासिन्दालाई उत्पादनमा केन्द्रित गराउने, घरमा उत्पादन गरेको वस्तु खाने बानीको विकास गराउने तथा आयआर्जन गरेको रकम दीर्घकालीन रुपमा बचत गर्ने बानीको विकास गराउनु पर्नेमा जोड दिए । उनले वडा कार्यालयले सहकारीहरुसंग समन्वय गरेर कृषि र पशुपालन क्षेत्रको बिकासमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतम, संस्थाका सल्लाहकारहरु हरिनारायण गौतम र चन्द्रमणी गौतमले सहकारीमार्फत समुदायमा आर्थिक रुपान्तरणका अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।

संस्थाका प्रवन्धक प्रसाद थापाले संस्थाको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष गिता हमालको स्वागत र सचिव सूर्य बहादुर थापाको सञ्चालनमा सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki