Skip to content

follow us

baglungkhabar.tv

25th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

मोतियाविन्दु भएका ४२ जना विरामीको निःशुल्क शल्यक्रिया

bk logo final png
  • बागलुङखबर
  • २९ बैशाख २०८३, मंगलवार १९:३२

बागलुङ, २९ बैशाख । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा मंगलबार मोतियाविन्दु भएका ४२ जना विरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

अस्पतालको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको निःशुल्क शल्यक्रियामा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका ४२ जना मोतियाविन्दु भएका बिरामीको सफल शल्यक्रिया गरिएको अस्पतालका कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट डाक्टर कुशल गुरुङले बताउनुभयो ।

धौलागिरी प्रादेशिक अस्पताल बागलुङ मार्फत बागलुङका विभिन्न स्थानसहित पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालन गरिएको आँखाको स्क्रिनिङ शिविरमार्फत शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको पहिचान तथा लगत संकलन गरिएको थियो । सोही आधारमा बिरामीलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ल्याई मंगलबार शल्यक्रिया गरिएको हो ।

हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको हो । हिमालयन आँखा अस्पताल पोखराकी कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट डा. नारायणी भट्टराई रोकाको संयोजकत्वमा शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङका कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट डाक्टर गुरुङले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

लोकप्रिय

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

ब्लु हिल निर्माणको काम तीव्र गतिमा (तस्विरहरु)

भर्खरै

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki