Skip to content

follow us

baglungkhabar.tv

7th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

bk logo final png
  • बागलुङ खबर
  • २४ श्रावण २०८२, शुक्रबार २१:२७

बागलुङ २३ साउन । बागलुङमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा साताव्यापी कार्यक्रम हुने भएको छ ।

नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन गण्डकी)को आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

इस्कोन बागलुङले साउन २५ गतेदेखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरेर जन्माष्टमी मनाउन लागेको पत्रकार सम्मेलन मार्फत जनाएको हो ।

कृष्ण जन्माष्टमीको अवसरमा पहिलो दिन लक्ष्मीनारायण मन्दिर उद्घाटन, दोश्रो दिन इस्कोन कुश्मा, २७ गते इस्कोन बागलुङ, २८ गते इस्कोन म्याग्दीमा कार्यक्रम गरिने जनाईएको छ । त्यस्तै २९ गतेदेखि ३१ गतेसम्म भने बागलुङ नगरपालिका–१ को खुदुर्केमा रहेको लक्ष्मीनारायण मन्दिर तथा इस्कोन गण्डकी परियोजना स्थलमा जन्माष्टमी विशेष कार्यक्रम हुनेछन् ।

बागलुङ, पर्वत र म्याग्दीबाट छनौट भई फाइनल प्रवेश गरेका तीन जिल्लाका १२ वटा विद्यालयबीच आत्धात्मिक हाजिरीजवाफ प्रतियोगिता, महाहरिनाम संर्कीतन, कृष्ण प्रवचन, नाटक, नृत्य र ग्रन्थ प्रदर्शन, महाभिषेक, यज्ञ आदि कार्यक्रम रहेकोे इस्कोन नेपालका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युत दासले जानकारी दिए ।

विशेष पूजा, यज्ञ, राधाकृष्ण मुर्ती स्थापना र भवन उद्घाटन भएकोले कार्यक्रममा १० लाख खर्च लाग्ने बताइएको छ । त्यसका लागि इस्कोनका सदस्यहरुले दानचन्दा उठाउने छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki