Skip to content

follow us

baglungkhabar.tv

19th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

bk logo final png
  • बागलुङखबर
  • १० असार २०८१, आईतवार १९:५५

बागलुङ, ९ असार । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१।८२ मा शिक्षा, स्वास्थ्य, सडक, कृषि, सिचाई, पशुपालन, पर्यटन, पूर्वाधार विकास र सामाजिक सुधारलाई प्राथमिकतामा राख्दै गरेको छ।

आइतबारदेखि सुरू भएको १५ औँ नगरसभाको पहिलो बैठकमा चालू आर्थिक वर्षका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै नगरपालिकाले नगरवासीलाई उत्साहित बनाउने नयाँ कार्यक्रमसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

लगानी क्षेत्रको पहिचान गरी लगानी सम्मेलन गर्ने
नगरसभा उद्घाटन कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आगामी आर्थिक वर्षमा सुन्दर, समृद्ध,सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरेको र त्यसको लागि नीजि क्षेत्रको सहकार्यमा नगर क्षेत्रभित्र ठूलो उद्योग, कलकारखाना लगाएत नगरको समृद्धि र विकासका लागि लगानी जुटाउन विज्ञहरुको सुझावको आधारमा लगानी क्षेत्रको पहिचान गरी लगानी सम्मेलन गर्ने बताउनु भयो।

नगर सरकारको नीति तथा कार्यक्रम ‘समृद्ध नगर र खुसी नगरवासी’ को अभियानको निर्धारित लक्ष्य एवं उदेश्य पूरा गर्न नागरिकले अनुभूति गर्नेगरी लोकतान्त्रिक मूल्य मान्यता, मानव अधिकार, सुशासन, सामाजिक न्याय र सुरक्षा सामाजिक संरक्षण, संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको सीमा र सम्बन्धमा सिद्दान्तहरुलाई आत्मसाथ अगाडी बढ्ने बताउनु भयो ।

ग्रामीण क्षेत्रमा शान्त एवं सुन्दर आवास, सहरी एवं व्यवसायिक क्षेत्रमा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने
विगतमा लिइएका महत्वपूर्ण नीति र सञ्चालनमा रहेका गौरवका योजना र कार्यक्रमलाई निरन्तरता दिदै हाम्रै पुस्ताले महसुस गर्ने गरी ग्रामीण क्षेत्रमा शान्त एवं सुन्दर आवास, सहरी एवं व्यवसायिक क्षेत्रमा उद्यमशीलता विकास, प्रविधियुक्त कृषि उत्पादनमा वृद्धि गर्ने वातावरणमैत्री सवारी साधन, आधुनिक जीवनशैली, प्रविधि सहितका सडक पूर्वाधार तथा यातायातका साधन र नवीनतम सूचना प्रविधिमा सबै नागरिकहरुको पहुँच सहितको सुन्दर, समृद्ध, सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरेको बताउनु भयो ।

दिगो भौतिक पूर्वाधार निर्माण, पर्यटन पूर्वाधारको विकास, वातावरण संरक्षण, नगरवासीको आर्थिक, सामाजिक, सांस्कृतिक उन्नति, सुशासन र संस्थागत विकासलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा ल्याइएको छ ।

कृषि तथा पशुपंक्षी विकास तर्फ
कृषि तथा पशुपंक्षी विकास तर्फ परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई विविधीकरण, यान्त्रिकीकरण र व्यवसायिकीकरण गर्ने नीति अनुरुप सम्भावना बोकेका स्थानमा सुन्तला, ओखर, च्याउ र तरकारी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिनेछ ।

कृषिलाई निर्यातमुखी बनाउनको लागि उच्च बजार मूल्य भएका कागती, किवी, लिची, ऑप, केरा एभोकाडो, ड्रागन फ्रूट्स, चिया, कफी, अलैची, ओखर, पुष्प खेती जस्ता फलफूल खेतीलाई सम्भावनाको आधारमा प्रोत्साहन गरिनेछ ।

पर्यटन तथा सस्कृति तर्फ
पर्यटन तथा सस्कृति तर्फ विदेशमा नै स्थायी बसोवास गर्ने प्रवृतिले अबको केही दशकमा सीप, क्षमता र श्रम गर्न सक्ने जनशक्ति पलायन हुने र देश वाल गृह र ज्येष्ठ नागरिकको आश्रय स्थलको रुपमा परिणत हुन सक्ने सम्भावनालाई मध्येनजर म मेरो देशलाई माया गर्छु म मेरो देशको लागि केही गर्नेछु र ज्ञान, सीप, क्षमता र पर्यटक सहित म छिट्टै मेरो जन्मस्थान फर्कनेछु भन्ने प्रतिबद्धता गराउने, प्रतिबद्धता पालनाको लागि ईमेल मार्फत हरेक वर्ष स्मरण गराउने र निजहरुमार्फत कम्तीमा दुई जना विदेशी पर्यटकलाई नेपाल घुम्नको लागि प्रोत्साहन गर्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।

नगर उपप्रमुख पर्यटन विकास कार्यक्रमलाई निरन्तरता दिदै विश्व पर्यटकको ध्यान केन्द्रित गरेको मुक्तिनाथ लगायत मुस्ताङ, म्याग्दी र कुश्मामा रहेका पर्यटकीय गन्तव्य र ढोरपाटन क्षेत्रको लागि आउने पर्यटकहरुलाई कालिका मन्दिरको

अतिरिक्त वागलुङ नगरपालिकाका अन्य धार्मिक एवं पर्यटकीय क्षेत्रमा जाने वातावरणको सिर्जना गर्नको लागि बागलुङ घुम्न जाऔं अभियान सञ्चालन गरिनेछ ।

शिक्षा तर्फ
शिक्षा तर्फ सामुदायिक तथा सस्थागत विद्यालयहरुको शैक्षिक सामग्री सूचना प्रविधि र तालिममा सहयोग गर्ने, खुल्ला प्रतिशस्पर्धाबाट प्रअ छनोट गर्ने, अभिभावकसँग नगरप्रमुख कार्यक्रम सुरु गरिने, पढ्दै कमाउदै कमाउदै सिक्दै कार्यक्रम सुरुवात गरिने र बालबालिकाको दिवा खाजामा पाँच रुपैयाँ थप गर्ने कार्यक्रम रहेको छ ।

स्वास्थ्य तर्फ
स्वास्थ्य तर्फ शुन्य होम डेलीभरीको नगर बनाउने, नगरप्रमुख स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने योजना छ । दुव्र्यसनीको पहिचान, अमूल्य छ हाम्रो जिवन कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरी लागुऔषध प्रयोग गरेको नगरेको पहिचान गरी परामर्श, सुधार र पुनस्थापनाका कार्यक्रम सञ्चालनमा ल्याउने उल्लेख छ ।

स्वास्थ्य प्रतिको सचेतना, गर्भवती महिलालाँई पोषणयुक्त खाना कार्यक्रम पनि कार्यक्रममा रहेको छ । श्रमिक पहिचान पत्र बनाउने, नमुना दलित बस्ती विकास गर्ने, जियोलोजिकल पार्क बनाउने योजना समेत राखेको छ ।

नगर भित्रको सहकारीहरुको संस्थागत विकास, वित्तीय सुशासनलाई प्रभावकारी बनाउन र आवश्यक संयन्त्र बनाएर नियमन गर्ने र उत्कृष्ठ सहकारीलाई पुरस्कृत गरिने कार्यक्रममा उल्लेख छ ।

सहकारी तर्फ
सहकारीका सरोकारवालाहरुसँगको सहकार्यमा सहकारी व्यवस्थापन, सहकारी लेखा तथा अन्य सहकारी सम्बन्धी सचेतना र सहकारीमा कार्यरत जनशक्तिहरको पारिश्रमिकलाई समय सापक्ष बनाएर एकरुपता ल्याउन आवश्यक पहल गर्ने नीति तथा उल्लेख छ ।

नीतिमा बाँझो जमिनको उपयोग, गरौं सबै मिलि सदुपयोग, एक वस्तु सामुहिक उत्पादन, कौशी खेतीको शान, छतमा नै उत्पादन, नगर उपप्रमुख घरबास कार्यक्रम, अभिभावकसँग नगरप्रमुख, पढ्दै कमाउँदै, शुन्य होम डेलिभरी, नगरप्रमुख स्वास्थ्य बिमा कार्यक्रम, आमा बाबुसँग नगरप्रमुख, घर दैलोमा जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएर जेष्ठ नागरिक हाम्रा गौरव जस्ता योजना अगाडि बढाएर जेष्ठ नागरिकलाई राम्रो स्याहार गर्ने परिवारको सदस्यलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

खेलतर्फ
बाङ्चौर खेल मैदानमा सुविधा सम्पन्न रंगशाला निर्माणको लागि साझेदार खोजिरहेको नगरपालिकाले मेयर कप फुटबल प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिने भएको छ भने प्रत्येक वडामा एक वडा एक खेल मैदान निर्माणका लागि आवश्यक पहल गर्ने रहको छ ।

नगर बस संचालनमा ल्याउने
दिगो सडकका लागि ‘सडक मर्मत बल’ र ‘पूर्वाधार एम्बुलेन्स’को व्यवस्था गर्ने नीति लिएको नगरपालिकाले नगर बस संचालनमा ल्याउने भएको छ । बागलुङको पुरानो बजार क्षेत्र कम्पुटोल, किराना टोल, देउराली चोकको क्षेत्रलाई ऐतिहासिक सम्पदा बस्तीको रुपमा विकास गर्दै नगरका सडक आसपास रुख रोप्ने कार्यलाई प्रोत्साहन गरी ग्रिन रोडको अवधारणा कार्यान्वयनमा लैजाने नगरपालिकाले योजना बनाएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

नगरकी छोरी कार्यक्रमलाई निरन्तरता दिने
नीति तथा कार्यक्रममा नगरकी छोरी कार्यक्रमलाई निरन्तरता दिने र बुबाआमासँग नगरप्रमुख, जेष्ठ नागरिक दिवा सेवा केन्द्र र जेष्ठ नागरिक चौतारी कार्यक्रम पनि रहको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki