Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लखन स्मृति दिवसका अवसरमा बागलुङमा विविध कार्यक्रम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • ३ फाल्गुन २०८०, बिहीबार १७:२९

बागलुङ, ३ फागुन । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको १४७ औं स्मृति दिवसको अवसरमा बागलुङमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।

वि.सं. १९३३ साल फागुन २ गते जंगबहादुर राणाको निरङ्कुशता विरुद्ध आवाज उठाएका लखन थापा सहित उनका सहयोगीहरुलाई फाँसी दिईएको दिनलाई स्मरण गर्दै नेपाल मगर संघ र यस सम्बद्ध संघ संस्थाहरुले लखन स्मृति दिवस मनाएका हुन् । लखन स्मृति दिवसको अवसरमा बुधबार बिहान मालढुङ्गादेखि बागलुङ बजारसम्म लोकतान्त्रिक चोकसम्म दौड कार्यक्रम गरिएको छ ।

नेपाल मगर विद्यार्थी संघको आयोजनामा दौड गरिएको हो । बुधबार नै बाङ्गेचौर खेलमैदानमा नेपाल पत्रकार महासंघ बागलुङ र नेपाल मगर विद्यार्थी संघबीच मैत्रीपूण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त फुटबल प्रतियोगितामा दुबै समुहबाट २—२ गोल भएपछि बराबरीमा सकिएको छ । पहिलो हाफमा दुई शून्यले पछाडि परेको नेपाल पत्रकार महासंघ बागलुङले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै खेललाई दुई–दुईको बराबरीमा टुङ्ग्याएको हो ।

दिउँसो नेपाल मगर संघ जिल्ला समन्वय समितिको आयोजनमा पहिचान र समानुपातिक समावेशीता विषयक अन्तरक्रिया भएको छ भने दिउँसो नै नेपाल मगर विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा विद्यार्थीहरुका लागि सांगठनिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रशिक्षण दिँदै नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव मनिष थापाले राज्यले यो या त्यो ढङ्गले पछाडि पारेको मगर समुदायको हक अधिकार सुनिश्चीत गर्नका लागि विद्यार्थीहरु जागरुक र संगठित हुनुपर्ने बताए ।

‘हामीले अरुका भाग खोस्न खोजेका होइनौं तर यो देशको राज्य सत्तामा हाम्रो पनि बराबरीको हिस्सेदारी हुनुपर्छ भनेर आवाज उठाइरहेका छौं,’उनले भने,‘यो अधिकार यत्तिकै प्राप्ती हुँदैन । त्यसका लागि हामी सबै एकतावद्ध हुनुपर्छ ।’ कार्यक्रममा धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले विद्यार्थीहरु समाजका हरेक मुद्दामा सचेत हुनुपर्ने बताए । कार्यक्रम नेपाल मगर संघ धवलागिरी क्याम्पस समिति अध्यक्ष कृष्ण अठारे मगरको अध्यक्षता र सचिव मोतिप्रसाद पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
लखन स्मृति दिवसकै अवसरमा नेपाल मगर विद्यार्थी संघले लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले देशकै प्रथम सहिद लखन थापामगरलाई केवल मगर समुदाय र यससंग सम्बन्धित संघ संस्थाले मात्रै सम्झना गरेर कार्यक्रम गर्नु दुर्भाग्यपूर्ण अवस्था भएको बताए ।

‘देशलाई निरङ्कुशताबाट बाहिर ल्याउनका लागि पहिलो पटक आवाज उठाउने व्यक्तिलाई राज्यले राष्ट्रिय विभूतिको रुपमा सम्मान गर्नुपर्नेमा अहिले हामीले मात्रै सम्झना गर्नुपर्ने विडम्बनापूर्ण अवस्था छ,’उनले भने,‘हामीहरुकै जोडबलमा लखन थापालाई प्रथम सहिद मान्न राज्य तयार भए पनि त्यो खालको व्यवहार अझै गर्न सकेको छैन । हाम्रो संघर्ष जारी छ र रहन्छ ।’

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव मनिष थापामगरले लखन थापामगरको बारेमा जानकारी गराएका थिए । नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष डम्मर बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत धौलागिरि क्याम्पस समितिका अध्यक्ष कृष्ण अठारे मगर र सञ्चालन सचिव मोतिप्रसाद पुनमगरले गरेका थिए ।

प्रथम सहिद लखन थापामगरको जन्म वि.सं १८९१ मा गोरखा जिल्लाको सहिद लखन गाउँपालिका—७ साविकको बुङकोट—४ मा भएको थियो । भारतमा औपचारिक अध्ययन सकेर नेपाल फर्केपछि वि.सं १९११ मा नेपाल फर्किएर उनी नेपाली सेनाको पुरानो गोरख पल्टनमा भर्ती भए । सन् १८५७ मे १० मा भारतको लखनउमा भएको सैनिक विद्रोह दबाउन जंगबहादुर आफै २७ वटा नेपाली पल्टनको नेतृत्व गरेर भारमत गएका थिए । वि.सं. १९२५ मा लखन थापामगर नेपाली सेनाको क्याप्टेन भैसकेका थिए ।

अंग्रेजको पक्ष लिएर जंगबहादुर भारतीय विद्रोही सिपाहीलाई दमन गरेको देखपछि विक्षिप्त भएका क्याप्टेन लखन थापाले नेपाल अँग्रेजको हातमा पुग्ने विश्लेषण गरेर जंगबहादुरका शासनविरुद्ध विद्रोह गर्ने योजना सहित उनी आफ्ना मित्र जयसिंह चुमी राना सहित वि.सं. १९२७ मा घर विदा लिएर बुङ्कोट फर्किए । घर विदा सकिएपछि पल्टन फर्किनुको सट्टा उनी बुङ्कोट काहुले भङ्गारमा स्थानीय समुदायलाई संगठित गदै किल्ला निर्माण गरे र जंगबहादुरको शासन विरुद्ध धावा बोले । जंगबहादुरको शासन विरुद्ध जनमत तयार गर्दै गए ।

वि.सं. १९३२ सालमा त्यहाँ स्थानीय जनसमुदायले लखन थापामगरलाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा ग¥यो । उनले बुङ्कोटमा राज्य सञ्चालन सुरु गरे । लखन थापाले जनविद्रोहको तयारी गरेको थापा पाएपछि जंगबहादुरले आफ्नै भाई धीर शमसेरलाई उक्त विद्रोह दबाउन खटाए । लखन थापामगर सहित विद्रोहीहरु पक्राउ परे । उनीहरुलाई चरम यातना दिएपछि वि.सं. १९३३ फागुन २ मा जंगबहादुरले लखन थापामगर सहित उनका सहयोगीहरुलाई गोरखा बुङ्कोटमै स्थानीयको अगाडि खिर्राको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिए ।

१९२७ देखि १९३३ सम्म जनसंगठन गरी जनविद्रोह गर्ने लखन थापामगर पहिलो नेपाली थिए । उनलाई २०५६ मा सरकारले उनलाई सहिद घोषणा ग¥यो । २०७२ साल असोज ३ गते मात्रै व्यापक जनदबावपछि लखन थापालाई सरकारले औपचारिक रुपमा नेपालको प्रथम सहिद घोषणा ग¥यो । सरकारले लखन थापामगरलाई प्रथम सहिद त घोषणा ग¥यो तर प्रथम सहिदको रुपमा उनलाई कुनै पनि प्रकारका सम्मान दिएको छैन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

पहिरोमा परि एक जनाको मृत्यु

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki