Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नारामै सीमित गुणस्तरिय शिक्षा

bk logo final png
  • बागलुङखबर
  • २१ माघ २०८०, आईतवार १९:०५

गुणस्तरीय शिक्षा हरेक शैक्षिक बहसको मुख्य विषयवस्तुको रूपमा रहेको पाइन्छ। राजनीतिक पार्टीका चुनावी घोषणा पत्रहरूमा पनि गुणस्तरीय शिक्षाका नारा प्रशस्तै पढ्न पाइन्छ तर विडम्बना यो छ कि गुणस्तरीय शिक्षाका हरेक बहस र नाराहरूमा ठोस योजना र कार्यनीति प्रस्तुत भएको देखिँदैन नारामै मात्र सीमित देखिन्छ ।

वर्तमान परिपे्रक्ष्यमा आम जनमानसमा अङ्ग्रेजी माध्यममा शिक्षा प्रदान गर्नु, स्तरिकृत परीक्षामा विद्यार्थीहरूले उच्च अङ्क ल्याउनुलाई नै गुणस्तरीय शिक्षा हो भन्ने भ्रम व्याप्त रहेको छ। विद्यार्थीलाई डर, त्रास, दण्ड, सजाय मार्फत अनुशासन कायम गर्न सक्नु नै शैक्षिक गुणस्तर सुधार हो भन्ने गलत बुझाइ समेत रहेको पाइन्छ।

प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानमा अङ्ग्रेजी माध्यमलाई गुणस्तरीय शिक्षाको मानकको रूपमा विज्ञापन गरी शिक्षालाई व्यापारीकरण गरेको पाइन्छ। शैक्षिक गुणस्तरको नाममा अस्पष्ट र भ्रामक विज्ञापन गरी अभिभावक र विद्यार्थीलाई भ्रमित गरिरहेको अवस्था छ। अङ्ग्रेजी माध्यम नै सबै समस्याको समाधान हो भन्ने गलत चिन्तनलाई अभियानको रूपमा सञ्चालन गरिँदै आएको छ। अङ्ग्रेजी माध्यम र अङ्ग्रेजी भाषा सिकाइ फरक कुरा हुन् भन्ने छुट्टाउन नसक्दा अङ्ग्रेजी माध्यम नेपालको शिक्षा प्रणालीमा फेशन नै भएको छ। अनुशासनको नाममा डर, त्रास, दण्ड, सजाय मार्फत कक्षाकोठाको साँघुरो घेराभित्र सीमित गराई घोकन्ते माध्यमबाट परीक्षामा प्राप्त अङ्क र अङ्ग्रेजी माध्यमलाई गुणस्तरीय शिक्षा भन्नु शिक्षा प्रतिको साँघुरो चिन्तन हो। निजी र सार्वजनिक दुई खाले शिक्षा प्रणालीले निर्माण गरेको खाडलमा गुणस्तरीय शिक्षाको नाममा सार्वजनिक विद्यालयहरूले पनि अंग्रजी माध्यमलाई प्रोत्साहन गर्ने गरेको पाइन्छ।

गुणस्तरीय शिक्षा के हो र यसका मापदण्डहरू के के हुन् भन्ने विषयको वस्तुगत ठोस उत्तर दिन शिक्षाविद्, प्राध्यापक, शिक्षक सबै अलमलिएको पाइन्छ। परीक्षामा जसरी पनि उच्च अङ्क ल्याउनु पर्ने परीक्षा मुखी शिक्षा प्रणालीलाई गुणस्तरीय शिक्षाको मापदण्ड बनाइनु विडम्बना हो। त्यसैले सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावक समाजसेवी, शिक्षा प्रेमी, जनप्रतिनिधि लगायत सम्पूर्ण सरोकारवालाहरू गुणस्तरीय शिक्षा के हो भन्नेमा स्पष्ट हुन जरुरी छ।

कुनै पनि खानाको परिकार कति गुणस्तरीय छ भन्ने कुरा उक्त खाना खाने व्यक्तिको स्वाद, रुचि, स्वास्थ्य र आवश्यकता अनुसारको सन्तुष्टिमा निर्भर हुन्छ भने शिक्षाको गुणस्तर पनि विद्यार्थी, शिक्षक र अभिभावकको सन्तुष्टिमा निर्भर रहन्छ। शैक्षिक प्रणालीका यी तीनै पक्ष सन्तुष्ट भए मात्र शिक्षाको गुणस्तर कायम हुन सक्दछ। व्यवहारिक दृष्टिकोणमा सिकाइ मार्फत मानवीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने, व्यावहारिक समस्या हल गर्न सक्ने, काम प्रति सम्मान गर्ने, उद्यमशील, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा योगदान दिन सक्ने नागरिक तयार गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो। परीक्षामा प्राप्त उच्च अङ्कले मात्र गुणस्तर मापन हुँदैन।

विद्यालयको शैक्षिक गुणस्तर सुधार शिक्षकको एकल प्रयासबाट मात्र सम्भव छैन। गुणस्तर सुधार शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि लगायत सबै सरोकारवालाहरूको साझा प्रयत्नबाट मात्र सम्भव छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki