Skip to content

follow us

baglungkhabar.tv

27th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्यार्थीहरूको व्यक्तित्व विकासमा शिक्षकको भूमिका (सम्पादकीय)

bk logo final png
  • BAGLUNGKHABAR
  • २ मंसिर २०७९, शुक्रबार ०८:४६

भनिन्छ, शिक्षकहरू मैनबत्ती समान हुन । आफू बलेर अरूलाई उज्यालो दिन्छन ।शिक्षकले सिकाएका धेरै कुरालाई विद्यार्थीले जस्ताको त्यस्तै अनुसरण गर्ने हुँदा उनीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिर गएर व्यक्तित्व विकास गराउने खालका कुरा सिकाउनुपर्छ ।

विद्यार्थीलाई पढाउनेबाहेक पनि शिक्षकका अन्य कैयौं जिम्मेवारी हुन्छन । साना कक्षाका कतिपय विद्यार्थी बढी चल्ने हुन्छन भने कतिपय शान्त स्वभावका हुन्छन । चकचके विद्यार्थीले अरू विद्यार्थीलाई हानि र्पुयाउँछ कि भनेर शिक्षक जहिल्यै चनाखो हुनुपर्छ । सबै विद्यार्थीको निरीक्षण गरिरहनुपर्छ । अभिभावकले आफ्ना सन्तानलाई साह्रै माया गरी हुर्काएका हुन्छन । आफ्ना सन्तानलाई विद्यालयमा होस या घरमा, चोटपटक लाग्दा उनीहरू दुःखी हुने गर्छन । यसकारण पनि शिक्षकले ससाना बालबालिकाको बढ्ता हेरचाह गर्नुपर्ने हुन्छ । विद्यार्थीहरूले केही भन्न आए धैर्य गरी तिनका कुरा सुनिदिनुपर्छ । उनीहरूका कुरा नसुनिदिँदा अप्रिय घटना पनि हुन सक्छ । घरपरिवारबाट माया नपाएको र शिक्षकले पनि आफूलाई नबुझेको भन्दै आत्महत्या गरेका उदाहरणहरु समाजमा प्रशस्त भेटिन्छन ।

उमेरसँगै शारीरिक परिवर्तन स्वाभाविक हुन्छ भनी सिकाउनुपर्छ । विद्यार्थीहरूले अभिभावकले सिकाउनेभन्दा पनि शिक्षकले भनेको कुरा बढी विश्वास गर्ने हुँदा, शिक्षकहरूमा जिम्मेवारी थपिन्छ । किशोरावस्थाका छात्राहरू जुनसुकै बेला पनि महिनावारी हुन सक्ने भएकाले कक्षाबीचमै बाहिर जान मिल्छ भनी जानकारी गराउनुपर्छ । कतिपय छात्रालाई महिनावारीको समयमा अत्यधिक पेट दुख्ने हुँदा कक्षामा दुखाइ सहेर अप्ठेरो गरी बस्नुको सट्टा तातो पानीसँगै आरामको व्यवस्था हुनुपर्छ । विद्यालयमा सजिलै प्याड उपलब्ध हुनुपर्छ । महिनावारी भइसकेपछि प्याड दिने मान्छे खोज्दाखोज्दै उनीहरूका लुगा बाहिरसम्मै फोहोर भइसकेको हुन्छ । विद्यालयमा फेर्ने लुगासमेत हुँदैनन । अभिभावकले पनि महिनावारी हुने समयमा झोलामा थप प्याडहरू राख्नुपर्छ भनेर सम्झाइरहनुपर्छ ।

विद्यालय छुट्टी भएपछि घर लिन आएको भन्दै नक्कली अभिभावक बनेर कतिपय मानिस विद्यालय आउने गर्छन् । सामान्य चिनजानको भरमा विद्यार्थीहरूसँग ‘म तिम्रो अभिभावक हो भन्नू है’ भन्दै लिएर जाने, अपहरण गर्ने, फिरौती माग्नेजस्ता घटना दोहोरिरहेका हुन्छन । किशोरावस्थामा पुगेका छात्राहरू काका, काकी, मामा, माइजू, दाइ, दिदी लिन आएको भन्दै बिरामी भएको निहुँ पारी विद्यालयबाट बेपत्ता हुनेसम्मका घटना भइरहेका हुन्छन । आमाबुबा वा अभिभावक चिनेर मात्रै सानो कक्षाका विद्यार्थीहरूलाई उनीहरूको जिम्मा लगाउनुपर्छ ।

मोबाइलको पहुँच बढेसँगै विद्यार्थीहरूले सदुपयोगभन्दा पनि दुरुपयोग गर्दै आइरहेका छन । कोभिड महामारीका कारण अनलाइन पढ्नुपर्ने बाध्यता आइलागेका कारण धेरैजसो विद्यार्थीले मोबाइलबाटै पढ्नुर्पयो । यसरी पढ्दापढ्दै उनीहरूलाई मोबाइलको लत लागेको पत्तै भएन । विद्यालयको भौतिक कक्षा सुचारु भए पनि धेरैजसो विद्यार्थीको मोबाइलको लत हटेको छैन । समूह बनाएर साथीहरूसँग ‘अनलाइन गेम’ खेलेर अभिभावकलाई हैरान बनाउन थालेका गुनासा आइरहेका छन ।

यसले विद्यार्थीको पढाइमा पनि धेरै असर गरिरहेको छ । विद्यालय जाने भन्दै घरबाट हिँडेका विद्यार्थीहरू मोबाइलबाटै योजना बनाएर अन्तै लागेको पनि भेटिन्छ । विद्यालयले विद्यार्थी नआएको खबर गरेपछि मात्र अभिभावकले आफ्ना बच्चाको कर्तुत थाहा पाउँछन् । पढ्ने बेला यत्तिकै समय नष्ट गरेर डुली हिँड्दा कुलतमा फस्ने सम्भावना पनि उत्तिकै हुन्छ । यस्तो हुन नदिन अभिभावक, विद्यार्थी तथा विद्यालयबीच लगातार समन्वय भइरहनुपर्छ । अभिभावकले पनि छोराछोरीको आनीबानीबारे विद्यालयलाई खबर गर्नुपर्छ । विद्यालयले पनि उसको व्यवहारबारे अभिभावकलाई खबर गरिरहनुपर्छ ।

अभिभावकलाई एउटा–दुइटा सन्तानलाई घरमा सम्हाल्न त मुस्किल हुने गर्छ, यस्तोमा शिक्षकलाई विभिन्न परिवेशबाट आएका करिब ४० विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउन कम चुनौतीपूर्ण हुन्न । कसैलाई माया गरेर पढाउनुपर्छ भने कोही धेरै माया गर्दा पढ्नै मन नगर्ने, दिएका गृहकार्य पनि नगर्ने खालका हुन्छन् ।

कसैले साथीलाई ‘बुलिङ’ गरिरहेका हुन्छन त कसैले डस्टर फुटाउने, भित्तामा कोर्ने, अपशब्द लेख्नेजस्ता क्रियाकलाप गरिरहेका हुन्छन् । यस्तोमा उनीहरूलाई बिग्रन दियौं भने सजिलै बिग्रन्छन्, सुध्रिने मौका दियौं भने राम्रा भएर निस्कन्छन् । कलिला विद्यार्थीहरू शिक्षक, अभिभावकले जस्तो बनाउन खोज्यो त्यस्तै बन्छन । त्यसमा पनि शिक्षकको भूमिका बढी हुन्छ । साना विद्यार्थी हुर्काउनु कला पनि हो र यो काम सहज छैन । यसका लागि शिक्षकले निकै मिहिनेत गर्नुपर्ने हुन्छ । नराम्रो काम गरे सजाय तथा राम्रो काम गरे मीठो फल पाइन्छ भनेर विद्यालयलाई बुझाइरहनुपर्छ । नराम्रो काम गर्न निरुत्साहित तथा राम्रो काम गर्न प्रोत्साहित गरिरहनुपर्छ ।

शिक्षकले सिकाएका धेरै कुरालाई विद्यार्थीहरूले जस्ताको त्यस्तै अनुसरण गर्ने हुँदा विद्यार्थीहरूलाई पाठ्यपुस्तकभन्दा बाहिर गएर उनीहरूको व्यक्तित्व विकास गराउने खालका कुराहरू सिकाउनुपर्छ, त्यसका लागि शिक्षकले पूर्वतयारी गर्नुपर्छ । विद्यालयले पनि शिक्षकको सुविधामा यथेष्ठ ध्यान दिनुपर्छ, ताकि शिक्षक जागिरबाट सन्तुष्टि हुन सकोस् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki