Skip to content

follow us

baglungkhabar.tv

6th February 2023

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

डेंगु ज्वरो: लक्षण, रोकथाम र घरेलु उपचार

  • बागलुङखबर
  • १३ भाद्र २०७९, सोमबार ०८:३२

सन् २००४ मा नेपालमा डेंगुको पहिलो रिपोर्ट आएदेखि सन् २०१९ सम्म ६८ जिल्लामा कुल १७ हजार ९९२ डेंगुका बिरामीको रिपोर्ट भएको छ । सन् २०१८ मा डेंगुका बिरामी झन्डै पाँच गुणा बढेको थियो । सन् २०१९ मा यो संख्या १४० गुणा बढी थियो । अहिले काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो छ ।

सरकारले डेंगु ज्वरोबाट चितवन, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, पर्सा, रुपन्देही, रौतहट, सर्लाही, सप्तरी र झापा जिल्लालाई उच्च जोखिममा लिए तापनि केही वर्षदेखि मध्य पहाड र त्यस बाहिर फैलिने क्रम बढेको छ । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण लामखुट्टेको वृद्धिदर बढ्दो छ । पृथ्वीको बढ्दो तापक्रम, अनियन्त्रित शहरीकरण, बढ्दो यातायात र लामखुट्टे नियन्त्रण प्रभावकारी हुन नसक्दा डेंगु समतल र पहाडी क्षेत्रहरूमा फैलिएको हुनसक्छ ।

त्यसैले दिनप्रतिदिन डेंगु ज्वरोका कारण बिरामी हुने दर पनि बढ्दो छ । तसर्थ सरकारले सम्भावित प्रकोपको बारेमा छिटो छरितो सतर्कता अपनाएर र डेंगुको रिपोर्टिङ गर्ने प्रणालीको विकास गरेको छ । तथापि डेंगुको प्रकोपलाई रोक्न सरकार र स्वास्थ्य क्षेत्रको सक्रियता पर्याप्त भने हुन सकेको छैन । भविष्यमा डेंगुको महामारीलाई कम गर्न निदान र स्रोतहरूको उपलब्धता बढाउन तत्काल उपायहरू अपनाउन र जनचेतना फैलाउन पनि आवश्यक छ ।

डेंगु ज्वरो ‘आर्बाेभाइरस’ को कारणले हुन्छ । जुन भाइरस पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्ने गर्दछ । डेंगु संक्रमित व्यक्तिलाई टोक्दा एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे पनि डेंगु भाइरसबाट संक्रमित हुन्छ । यस लामखुट्टे वर्षाको मौसममा वृद्धि हुन्छ । तर, पानीले भरिएको फूलको भाँडो, प्लाष्टिकको झोला र क्यानमा वर्षैभरि वृद्धि भइरहन्छ । संक्रमित लामखुट्टेको टोकाइले रोग लाग्नसक्छ । तर, डेंगु ज्वरो सीधै एक व्यक्तिबाट अर्काेमा सर्दैन । डेंगु ज्वरोको कारक भाइरसलाई मध्यवर्ती भेक्टरको रुपमा लामखुट्टले एक व्यक्तिबाट अर्को व्यक्तिमा लैजान्छ ।

मानिसहरूमा डेंगु भाइरसका चार मुख्य सेरोटाइपहरूमा डेन भी- १, डेन भी- २, डेन भी- ३ र डेन भी- ४ हुन्छन् । यीमध्ये कुनै पनि सेरोटाइपको संक्रमणले मानिसहरूमा आजीवन प्रतिरक्षा प्रदान गर्दछ । मनसुनपछिको समयलाई डेंगु भाइरसको उच्च प्रभावित सिजन मानिए पनि नेपालमा प्रि-मनसुन, मनसुन र मनसुनपछिको सिजनमा डेंगु ज्वरोको प्रकोप देखिएको छ ।

डेंगुका लक्षण

डेंगु ज्वरोका लक्षणहरुमा ज्वरो अत्यधिक आउने, शरीर काम्ने, टाउको दुख्ने, आँखा दुख्ने र रातो हुने, अनुहार रातो देखिने, तल्लो ढाड दुख्ने, अत्यधिक कमजोरी महसुस हुने, र खुट्टा तथा जोर्नीहरूमा गहिरो दुखाइ अनुभूति हुने हुन्छ । साथै पेट, छाती र ढाडमा स-साना राता दानाहरु देखिन्छन् । तथापि डेंगु ज्वरोका एकदमै देखिने तीनवटा लक्षणमा ज्वरो, टाउको दुख्ने र शरीरमा राता दानाहरु देखिने हुन् । यी लक्षण देखिए तुरुन्त अस्पतालमा गएर डाक्टरको सल्लाहअनुसार रगत, पिसाब अनि र डेंगुको जाँच गराउनुपर्छ ।

जाँचपश्चात कुनै अरु समस्या छैन भने घरमै बसेर उपचार गराउन सकिन्छ । ज्वरो आउने र टाउको दुख्ने, खोकी लाग्ने, शरीरमा स-साना बैजनी रङका दाना, ठूला निला डाम, पेट दुख्ने, कफी रङको वान्ता हुनुन डेंगुको अत्यन्तै गम्भीर प्रकृतिका लक्षणहरु हुन् । यस्तो अवस्थामा तुरुन्तै आफ्नो नजिकको अस्पातल जानुपर्छ ।

डेंगु ज्वरो भाइरसबाट लाग्ने भएकाले यसको उपचारको लागि कुनै खास औषधि वा एन्टिबायोटिक छैन । डेंगु ज्वरो कुनै विशिष्ट उपचारविनै आफैं निको हुन्छ । तर पनि सामान्य डेंगुको लागि, लक्षणअनुसारको उपचार गर्न सकिन्छ । जस्तैः ज्वरो आएमा, धेरै टाउको, जोर्नी र मांसपेशी दुःखेमा डाक्टरको सल्लाहअनुसार सिटामोल र कोडिन चक्की खान सकिन्छ । ज्वरोका कारणबाट हुने जलवियोजनबाट शरीरलाई बचाउन शरीरका लागि आवश्यक पर्याप्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्दछ र आराम गर्नुपर्दछ ।

रोकथाम

डेंगुको रोकथाम गर्न रोग निम्त्याउने भाइरस बोक्ने लामखुट्टेको नियन्त्रण वा उन्मूलन आवश्यक हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न लामो पाइन्ट र लामो बाहुला भएको लुगा लगाउनुपर्छ । व्यक्तिगत सुरक्षाको लागि डेंगुको महामारी भएको ठाउँमा जाँदा लामखुट्टे निरोधक स्प्रेहरू प्रयोग गर्नुपर्छ । झूलको प्रयोग गरेर सुत्ने बनी बसाल्नुपर्छ ।

लामखुट्टेको वृद्धि कम गर्न घर वरिपरि भएका खाल्डाहरु पुर्ने र पानी जम्न दिनु हुँदैन । पानी जम्ने पोखरी तथा खाल्डाहरुमा कीटनाशक विषादी प्रयोग गर्नुपर्छ । लामखुट्टे भगाउने गुण भएका लेमनग्रास वा तुलसी भाँडोमा पनि रोप्न सकिन्छ । यदि बगैंचा छ भने नीमको रुख रोप्न सकिन्छ । सुकेका नीमका पातहरू जलाएर, आफ्नो वरपरको लामखुट्टेलाई भगाउन सकिन्छ ।

विशेषगरी शहरी क्षेत्रमा प्रायः घर वा अन्य स्थानमा लुकेका लामखुट्टेहरुले कुनै पनि समयमा टोक्नसक्छ । पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे विशेष गरेर सूर्योदय र सूर्यास्तको वरिपरि धेरै सक्रिय हुन्छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न सूर्योदय र सूर्यास्तअघि दुई घण्टा घरबाट बाहिर नजाँदा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।

घरेलु विधिबाट पनि डेंगुको उपचारमा सहयोग पुग्छ । केही विधि निम्न छन्ः

१) मेवाको हरियो पातको रसले रगतमा प्लेटलेटको संख्या बढाउनुका साथै प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । यसले डेंगुको उपचारमा पनि मद्दत गर्छ । मेवाको पातको रस दुई चम्चा दिनमा तीन पटक ६ घण्टाको अन्तरालमा सेवन गर्नु उपयुक्त हुन्छ ।

२) अम्बाको रसमा धेरै पोषक तत्वहरू हुन्छन् । भिटामिन सी प्रशस्त मात्रामा पाइने हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले मद्दत गर्छ । एक कप अम्बाको ताजा रस दिनमा दुई पटक पिउने वा ताजा अम्बा पनि खान सकिन्छ ।

३) मेथीको दानामा पनि धेरै पोषक तत्व जस्तै भिटामिन सी, के र फाइबर प्रशस्त पाइन्छ । एक कप तातोपानीमा मेथीको दाना भिजाइ पानी चिसो बनाएर दिनमा दुई पटक पिउँदा डेंगु ज्वरोलाई नियन्त्रण गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।

४) आहारमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरू जस्तैः सुन्तला, कागती, अमला, अनार, फर्सी, तीते करेला, लसुन, बदाम, बेसार, दालचिनी, तेजपत्ता, अदुवाको धूलो आदिको सेवन गर्न सकिन्छ ।

५) पानी उमालेर त्यसमा नीमका पातहरू केही बेर डुबाएर पिउनाले रगतमा प्लेटलेट, सेतो रक्तकोषको संख्या बढ्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ्छ र शरीरलाई बलियो बनाउँछ ।

६) किवीको फलमा धेरै खनिज र पोषक तत्वहरू हुने हुँदा डेंगु ज्वरोका कारण अनुभव गरिएका थकान र कमजोरी हटाउन नियमित रूपमा किवीको जुस पिउन सकिन्छ ।

७) तुलसी र मरिच दुइटैमा एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरका कोषहरु क्षति हुनबाट बचाउँछ । तुलसी र मरिचको थोरै मात्रामा नियमित रूपमा सेवन गर्नाले डेंगु भाइरसलाई हटाउन मद्दत गर्छ ।

८) चुकन्दरमा फलामको मात्रा अत्यधिक हुने हुँदा रक्त कोशिकाको उत्पादन बढाउनु र रगतलाई शुद्ध गर्न ठूलो भूमिका खेल्ने हुँदा डेंगु संक्रमणका लक्षणहरू जस्तै थकान र दुखाइविरुद्ध लड्न मद्दत गर्छ । चुकन्दर र कागतीको रस सेवन गर्नाले शरीरमा आइरनको अवशोषण पनि बढाउँछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै

बानेश्वरमा आत्मदाह गर्नुअघि आचार्यले समाजिक सञ्जालमा यसरी पीडा पोखेका थिए

बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प

लोकप्रिय

सिगानामा टिपर दुर्घटना, चालकको मृत्यु

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

आजको मौसम पूर्वानुमान

चुनावी खर्च नबुझाउने बागलुङका उम्मेदवारहरु (नामावली सहित)

भर्खरै

रास्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट समर्थन फिर्ता नलिने

बेनीलाई कालीगण्डकीको कटानबाट जोगाउन पक्की पर्खाल निर्माण कार्य सुरु

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email:

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: [email protected]

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:

सिर्जना कार्की

सम्पादकः

रामु जि.सी.

संवाददाताः

खिम बहादुर कार्की

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki